काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले चैत १७ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर निर्धारण सार्वजनिक गरेको हो ।
कम्पनीले जीवन बीमा, जीवन साथी, जीवन श्री बीमा योजनामा बीमालेखको अवधि अनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५३ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ । सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र जीवन आनन्द बीमा योजनामा ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । त्यस्तै बाल सावधिकमा ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ र अधिकतम ५७ रुपैयाँ, धन र्फिता बीमा योजनामा ५६ देखि ६० रुपैयाँसम्म र बाल ममता र बाल स्नेह बीमा योजनामा न्यूनतम ५५ रुपैयाँ र अधिकतम ५७ रुपैयाँ बोनस दिने भएको छ । त्यस्तै कम्पनीले जीवन तरंग बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, न्यू जीवन तरंग बीमा योजनामा ५० रुपैयाँदेखि ५५ रुपैयाँसम्म, जीवन बचत बीमा योजनामा ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यसैगरी कम्पनीले जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५७ रुपैयाँसम्म, बाल समृद्धि बीमा योजनामा ५५ र ५६ रुपैयाँ र लघु सावधिक बीमा योजनाको सबै बीमा अवधिमा ४१ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ ।







प्रतिक्रिया दिनुहोस्