काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयरधनी विवेक अग्रवालको नाममा रहेको १ लाख ९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले हाल यी सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो । उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ । सेयर खरीद गर्न इच्छुक सेयरधनीहरूले बिक्रेतासँग समन्वय गरी ३५ दिन भित्र निवेदन दिनु पर्नेछ ।
निवेदन काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्नेछ । साथै तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्