Skip to content

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा राखिएको सेयरको संख्या र सोको मूल्य बारे जानकारी भने खुलाएको छैन । यद्यपि सो सेयर खरीद गर्न इच्छुक सेयधरनीहरूले आफूले किन्न चाहेको सेयर विवरण खुलाई ३५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

निवेदन काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ । साथै तोकिएको म्यादभित्र बैंकका सेयरधनीबाट निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime