काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न आज बुधबार पुनः ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण मार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो ।
बैंकले उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो ३ बजेसम्म हुने जनाएको छ । बैंकले २१ दिनका लागि यो उपकरण प्रयोग गर्न लागिएको उक्त रकमको साँवा र ब्याज भुक्तानी वैशाख १० गते हुने छ । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने वा सम्पूर्ण रकम बोल गर्न सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्