Skip to content

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद गठन हुने, नेपालमा थाई लगानीको सहजीकरणका लागि महासंघले पहल गर्ने

nabil bank

काठमाडौं । नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) (Joint Business council ) गठन हुने भएको छ । आज बैंककमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष बीच भएको भेटवार्तामा उक्त परिषद गठनका बारेमा छलफल भएको हो ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुल सहित दुवै देशका पदाधिकारबीच भएको भेटवार्ताका अवसरमा महासंघले दुई संस्थाहरू बीच संयुक्त व्यापार परिषद् गठनको प्रस्ताव गरेको हो । यो परिषद्ले निरन्तर संवाद, सहकार्य र व्यावसायिक अवसरहरूको खोजीको लागि समर्पित प्लेटफर्मको रूपमा काम गने महासंघका अध्यक्ष ढकालले जानकारी दिए । ‘नेपाल लगानीकर्ता र व्यवसायहरूका लागि असंख्य अवसरहरू प्रदान गर्ने उपयुक्त सम्भावनाहरूको भूमिको रूपमा उभिएको छ । संयुक्त वाणिज्य परिषद गठनको पहलले हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउनेछ र दुवै देशहरूमा आर्थिक वृद्धिलाई अगाडि बढाउनेछ,’ उनले भने ।

अध्यक्ष ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरु संशोधन तथा परिमार्जन गरिएकोे साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूती गरेको अवस्थामा थाई लगानीको लागि आवश्यक थप सहजिकरणका लागि महासंघले पहल गर्ने प्रतिवद्धता समेत जाहेर पनि गरे । उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको जानकारी गराउँदै नेपालमा थाई व्यवसायीहरुसंग संयुक्त रुपमा लगानी गर्न सकिने समेत बताए ।

उनले थाइल्याण्डको वाणिज्य चेम्बर र व्यापार बोर्डका सदस्यहरू र बृहत् थाई व्यापार समुदायलाई नेपाल भ्रमण गर्न र नेपालले प्रस्तुत गर्ने सम्भावनाहरूको प्रत्यक्ष अवलोकन गर्न थाई व्यवसायीहरुलाई नेपालमा आमन्त्रण समेत समेत गरे । यस्तै उनले थाई सरकारलाई नेपालीहरुका लागि अनअरावल भिषा दिने प्रक्रियाका लागि पहल गरिदिन पनि थाई चेम्बर अफ कमर्श बोर्ड अफ ट्रेड अध्यक्षमार्फत आग्रह गरे ।

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संयुक्त वाणिज्य परिषद्का माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान गर्न सकिने धारणा राखे । उनले नेपालमा गरिने लगानीको सहजताका लागि महासंघले नेपाल सरकारसंग आवश्यक सहजिकरण गर्ने समेत बताए । यसैबीच संयुक्त वाणिज्य परिषद (जेबीसी) को गठन तथा थप आवश्यश्क प्रक्रिया अगाडी बढाउने सहमति भएको छ । सो कार्यका लागि महासंघका महानिर्देशक गोकर्णराज अवस्थी तथा जोइन्ट फरेन चेम्बर अफ कमर्श इन थाइल्याण्डका अध्यक्ष विवेक लिज्याण्ड लिइरभाग (ख्ष्दभपभ ीथककबलम ीभष्चखबन० लाई जिम्मेवारी प्रदान गरिएको छ । यस अघि २०२४ अप्रिल २४ तारिखमा नेपाल–कतार संयुक्त वाणिज्य परिषद् गठन गर्ने सहमति भएको थियो भने सोही सहमती अनुरुप प्रथम अध्यक्ष स्तरिय बैठक २०२४ को अक्टोबर २ तारिखमा कतारको राजधानीमा दोहामा सम्पन्न भएको थियो ।

सो अवसरमा बोल्दै थाई चेम्बर अफ कमर्श बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले महासंघका तर्फबाट व्यक्त धारणाहरु प्रति आफुहरु सकारात्मक रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि बोर्ड अफ ट्रेड तयार रहको बताए । उनले नेपाली नागरिकका लागि अनअराइवल भिषा प्रक्रियाका बारेमा पनि सरकारसंग पहल गर्ने बताए ।

सो अवसरमा महासंघको तर्फबाट उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ र कार्यसमिति सदस्य पशुपतीदेव पाण्डे तथा थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका पदाधिकारीहरुको सहभागिता थियो । यस अघि प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितीमा बुधबार बैंककमा नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi