काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले विभागीय प्रमुख÷सहायक, प्रदेश प्रमुख÷अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले यी पदहरूका लागि फरक फरक योग्यता र कार्यानुभव तोकेको छ। फिल्ड सहायक पद अन्तर्गतको कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा एसईई पास गरेकाले आवेदन दिन सक्नेछन् ।
तोकिएको अन्य योग्यता पूरा भएका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित आगामी १५ दिन भित्र अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ । सवारी साधनको लाइसेन्स भएकालाई प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्