काठमाडौं । गत चैत १५ गते तीनकुनेमा आन्दोलनका क्रममा आगजनी र तोडफोर्ड भयो । निजी घरलगायत सरकारी कम्पनीहरुमा आगजनी हुनका साथ अन्य सम्पत्तिमा पनि आन्दोलनकारीले क्षति प¥याए । १५ गतेको हुल दंगाबाट भएको क्षतिबापत बीमा कम्पनीहरुमा ४ करोड ८७ लाख ८० हजार बढीको बीमा दाबी परेको छ ।
११ वटा निर्जीवन बीमा कम्पनीमा ४३ वटा दाबीबाट उक्त रकम बराबरको दाबी परेको नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यस्तै विपतका घटनाबाट हुने क्षतिबाट जोगिनका लागि बिमितले आम रूपमा बीमा गरेका हुन्छन् । क्षति पुगेपछि बीमाबाट पाउनु पर्ने रकम समयमा नै पाएको खण्डमा आमबिमितहरु त्यसबाट लाभावित पनि हुन्छन् ।
यस्तै बिमितलाई सरल र छिटो तरिकाले दाबी भुक्तानी गर्ने कम्पनीमो परिचय बनाउन सफल भएको छ शिखर इन्स्योरेन्स । यो कम्पनीले असोजमा आएको बाढी पहिरोबाट भएको क्षतिको पनि छिटो र छरितो दाबी भुक्तानी गरेको थियो । अहिले तीनकुने क्षेत्रमा भएको क्षतिको पनि शिखरले दाबी परेको केही दिनमा नै भुक्तानी दिइसकेको छ । कम्पनीमा उक्त घटनाका ५ वटा दाबी परेकोमा ३ वटा दाबीको भुक्तानी समेत दिइसकेको छ ।
अन्य दाबी परेका १० वटा कम्पनीमध्ये कुनै पनि कम्पनीले दाबी भुक्तानी गर्न नसकेको अवस्थामा शिरले भने आफू बीमा क्षेत्रको अब्बल कम्पनीका रुपमा रहेको प्रमाणित गर्न पनि सफल देखिएको छ । तीनकुने घटनाबाट ४ करोड ८७ लाख ८० हजारको बीमा दाबी परेकोमा हालसम्म जम्मा ४५ हजार १२ रुपैयाँ ५० पैसाको दाबी भुक्तानी भएको छ । उक्त रकम शिखरले नै भुक्तानी गरेको छ ।
कम्पनीले जुन रुपमा बीमितलाई छिटो र छरितो रूपमा सेवा प्रवाह गरिरहेको छ । यसले बीमाप्रति सकारात्मक वातावरण निर्माणमा पनि टेवा पुगेको छ ।
दुःख कुनै व्यक्ति परिवारमा कति बेला आउँछ भनेर एकिन गरेर भन्न सकिँदैन । विपद् बाजा बजाएर आउँदैन भन्ने उखान नै छ । जसअनुसार विपद्का घटनाहरु कति बेला आउँछन र त्यसले कति क्षति पुर्याउँछ भन्ने कुराको कसैले पनि अनुमान गर्न सकिँदैन । यस्तै विपतका घटनाबाट हुने क्षतिलाई कम गर्नका लागि बीमा गर्नुपर्ने हुन्छ । जसले गर्दा कुनै कारणले भएको क्षतिको दायित्व बीमा कम्पनीले व्यहोर्नु पर्छ । जसबाट कुने पनि सम्पत्तिको मालिकलाई पनि सहज हुन्छ ।
शिखर इन्स्योरेन्सले असोज महिनामा आएको बाढी पहिरोबाट भएको क्षतिको पनि सबैभन्दा पहिला भुक्तानी दिन थालेको थियो । पछिल्लो समय यो कम्पनी निर्जीवन बीमा क्षेत्रमा दाबी भुक्तानीका सम्बन्धमा सबै भन्दा अघि देखिएको छ ।






प्रतिक्रिया दिनुहोस्