Skip to content

तरलता व्यवस्थापनका लागि बजारबाट ३५ अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) बजारबाट ३५ अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २३ दिनका लागि उक्त रकम प्रशोचन गर्न लागेको हो ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट रकम उठाउँदै आइरहेको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोल मार्फत उक्त रकम खिच्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

उक्त रकमको साँवा र ब्याज भुक्तानी २०८२ साल वैशाख १७ गते हुने छ । ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime