Skip to content

बीमितले विश्वास गर्ने गरि कम्पनीले सेवा प्रवाह गर्न आवश्य छ : प्राधिकरणका अध्यक्ष ओझा

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाका कुनै पनि प्रोडकलाई बीमितले विश्वास दिलाउने गरि काम गर्नका लागि आग्रह गरेका छन् । सोमबार सूर्यज्योति लाइफको ‘सूर्यज्योति केयर्स’ डिजिटल कार्ड र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रविधिको समय भएकाले प्रविधि मैत्री सेवा सुविधा विस्तार गर्दा त्यसका लागि आवश्य पर्ने पूर्वाधारका विषयमा पनि ध्यान दिनु पर्ने उनको भनाइ थियो । सूर्यज्योतिले ल्याएको दुई वटा नयाँ सेवाले कम्पनीहरुलाई प्रविधिमैत्री बनाउनका लागि सहयोग गर्ने अध्यक्ष ओझाले जानकारी दिए ।

विदेशमा भइसकेका कुराहरुलाई नेपालमा पनि ल्याएको सन्दर्भमा यसले बीमा क्षेत्रलाई टेवा पु¥याउने विश्वास उनको भनाइ छ । कार्ड सेवा दिदाँ सेवा पाउने ठाउँहरु र सेवाग्राहीहरुलाई पनि यस विषयमा जानकारी गराउनु पर्ने उनले बताए । ‘हामीले उत्पादन दिने । तर सेवा दिनेहरुले यो विषयमा जानकारी नपाएको खण्डमा यसको औचित्य नहुन सक्छ ? यस तर्फ पनि ध्यान दिनुहोला,’ उनले भने । उनले आजका दिनमा गरिएको बीमाले भोलिका दिनमा कति रिक्स कभर गर्छ भन्ने विषयमा पनि ध्यान दिनु पर्ने अध्यक्ष ओझाको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime