Skip to content

राष्ट्रिय हर्टिकल्चर प्रदर्शनी चैत २८ देखि

काठमाडौं । यही चैत २८ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा दोस्रो राष्ट्रिय हर्टिकल्चर प्रदर्शनी–२०८१ आयोजना हुने भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा हुने उक्त प्रदर्शनीमा पुष्प, फलफूल, कृषिवन तथा जडीबुटीका व्यावसायिक उत्पादन राखिनेछ ।

मेलामा पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीको सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिने संघका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

मेलामा मलखाद, प्राङ्गारिक एवं रासायनिक विषादी, बीउविजन, गमला, औजार उपकरण तथा प्रविधिको समेत बेग्लाबेग्लै कक्ष रहनेछन् । साथै ७० वटा व्यावसायिक, तीन वटा खाद्य परिकार, आठ वटा अफिसियल र प्रतिस्पर्धाको पाँच गरी ८६ वटा कक्ष रहनेछन् ।

नर्सरी व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्न चाहनेका लागि मेला साझा मञ्च हुने सङ्घको विश्वास छ । मेला करिब ५१ हजारले अवलोकन गर्ने एक करोड २५ लाख रुपैयाँ बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलाका अवसरमा नर्सरी व्यवासायीबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने छ । यस्तै नर्सरी क्षेत्रको विकासमा योगदान दिने पूराना व्यवासयीमध्येबाट एक जनालाई दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान तथा नर्सरीमा आत्मनिर्भर हुन उत्प्रेरित गर्न वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान प्रदान गरिने संघले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi