Skip to content

उदयपुर र हेटौंडा सिमेन्ट उद्योग आर्थिक अभावले बीमा हुन सकेन्, क्षति भएमा सम्पूर्ण दायित्व राज्यले व्यहोर्नुपर्ने

काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योगको बीमा गरिएको छैन । केही गरी यी उद्योगहरुमा पनि क्षति भएको खण्डमा त्यसको सबै दायित्व सरकारले नै व्यहोर्नुपर्ने देखिन्छ । बीमा गर्ने भनेको कुनै पनि प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई कम गर्नका लागि हो । निर्जीवन बीमामा आफ्नो सम्पत्ति, घर, गाडी, कृषि उत्पादनको बीमा गरिन्छ । बीमा गरेको वस्तु वा सम्पत्तिको कुनै कारणले क्षति भएको खण्डमा त्यसको दायित्व बीमा कम्पनीले व्यहोर्ने भएकाले त्यसबाट भएको क्षतिको दायित्व कम पर्छ ।

अहिले कुनै पनि आयोजना, उद्योग कलकारखानाहरुको पनि बीमा गर्ने गरिन्छ । निजी क्षेत्रका उद्योगहरुले आफ्नो उद्योगको भवन तथा उत्पादनको पनि बीमा गराएका हुन्छन् । तर, सरकारी उद्योगहरुको भने बीमा नै नगर्ने गरेको पाइएको छ । काठमाडौंको जडिबुटीमा रहेको जडिबुटी प्रशोधन तथा उत्पादन केन्द्रका भौतिक संरचनाहरुको बीमा नगरेकाले सबै दायित्व राज्यले व्यहोर्नुपर्ने भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यो मात्रै होइन राज्यको पूर्ण स्वामित्वमा रहेका दुईवटा सिमेन्ट उद्योगको पनि बीमा नगरिएको पाइएको छ । जसरी जडिबुटी प्रशाेधन केन्द्रमा आगजनी हुँदा सबै दायित्व राज्यले व्यहोर्नुपर्ने अवस्था आयो त्यसैगरी यी सिमेन्ट उद्योगमा पनि क्षति पुगेमा सबै दायित्व सरकारले नै बहन गर्नुपर्ने छ ।

अहिले उत्पादन बन्द रहेको उदयपुर सिमेन्ट उद्योगका करिब २५ वटा भवनहरू छन् । ती भवनहरु प्रशासनिकदेखि फ्याक्ट्री र खानीको भवन सहितका भवनहरु हुन् । यी कुनै पनि भवन बीमा गर्न नसकिएको उद्योगका सूचना अधिकारी देवनारायण चौधरीले जानकारी दिए । उद्योगकसँग करिब २५ करोडभन्दा बढी मूल्यका भवनहरु रहेको सूचना अधिकारी चौधरीले बताए ।

आर्थिक अभावका कारणले बीमा गर्न नसकिएको उनको भनाइ छ । ‘विगत दुई वर्षदेखि उद्योगको बीमा नवीकरण हुन सकेको छैन । त्यसको कारण भनेको आर्थिक अवस्था कमजोर हुनु हो,’ उनले भने । कर्मचारीलाई तलब खुवाउनसमेत नसिकएको उनको भनाइ छ ।

त्यहाँका कर्मचारीले विगत ६ महिनादेखि तलब पाएका छैनन् । उद्योगमा २ सय १८ जना कर्मचारी रहेको सूचना अधिकारी चौधरीले जानकारी दिए । यो उद्योग गत दशैंदेखि बन्द रहेको छ ।

त्यस्तै, सरकारी स्वामित्वमा नै रहेको हेटौंडा सिमेन्ट उद्योगका भवनहरुको पनि बीमा गरिएको छैन । आर्थिक अभावका कारणले नै यो उद्योगले पनि बीमा गराउन नसकेको सूचना अधिकारी हरिराम आचार्यले जानकारी दिए । केही वर्ष पहिलेसम्म बीमा गरिएको भए पनि त्यसलाई नवीकरण गर्नका लागि आर्थिक अभाव भएको उनले बताए । अहिले हेटौंडा सिमेन्ट उद्योगअन्तर्गतका ६ वटा भवन छन् ।

उद्योगका केही भवनहरु मकवानपुरका स्थानीय तहहरुले पनि प्रयोग गरिरहेका छन्। तर, यी कुनै पनि भवनको बीमा भने गरिएको छैन । पहिला बीमा गरिएको भए पनि अहिले आर्थिक अभावका कारणले बीमा नवीकरण हुन नसेको आचार्यले जानकारी दिए । हेटौंडा सिमेन्ट उद्योगका भवनहरुको लागत करिब ६७ करोड हाराहरीमा रहेको छ । यो भवन निर्माण हुन बखतको लागत हो । यदि यी भवनमा कुनै कारणले क्षति भएको खण्डमा सबै दायित्व सरकारलाई नै आउने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्