Skip to content

आजसम्म कायम सेयरधनीले मात्रै सन नेपाल लाइफको हकप्रदमा आवेदन दिन पाउने

nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि वैशाख ५ गते बुक क्लोज गर्ने भएकाले नेप्सेमा आजसम्म कायम सेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ः०.२७ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । यद्यपि हालसम्म यस कम्पनीले हकप्रद निष्कासनको मिति भने तय गरिसकेको छैन । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime