Skip to content

बीमा प्राधिकरणद्वारा गार्डियन माइक्रो लाइफको हकप्रद जारी गर्न रोक

nabil bank

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन गर्दै हकप्रद सेयर जारी गर्न नपाउने निर्देशन दिएको छ । प्राधिकरणले चैत १८ गते विशेष साधारण सभा डाकेको बिषयमा २८ गते सपष्टीकरण सोधेको थियो ।

बीमा प्राधिकरणले विशेष साधारण सभामार्फत १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने बिषयमा ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण मागेको थियो । सष्टीकरण चित्त बुझदो नआएपछि बिशेष साधारण स्थगन गर्ने निर्देशन दिएको हो ।

गार्डियन माइक्रो लाइफको शतप्र्रतिशत हकप्रद सेयर निष्कासन गर्न आईपीओ बिक्री गरेको दुई महिनामै विशेष साधारण सभा बोलाएको थियो । प्राधिकरणले विशेष साधारण सभा स्थगित गर्न निर्देश दिए पछि कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा स्थगित गर्ने निर्णय गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime