काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६८ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत ३० गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ६८ खर्ब ३० अर्ब रुपैयाँ पुगेको हो ।
उक्त रकम हाल सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थले संकलन गरेको निक्षेप हो । यो अवधिमा वाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन ६० खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।
यो अवधिसम्मा बैंक तथा वित्तीय संस्थाहरुले ५५ अर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको मात्रै ४८ खर्ब ९१ अर्ब र अन्य वित्तीय संस्थाको ६ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ ।
अहिले बैंकहरुको सीडी रेसियो ७९.४० प्रतिशत रहेको छ । त्यस्तै अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । अहिले बैंकमा अधिक तरलताको अवस्था रहेकाले केन्द्रीय बैंकले नियमित रुपमा बैंकहरुबाट रकम उठाइरहेको छ । बुधबार मात्रै राष्ट्र बैंकले बजारबा ३० अर्ब रुपैयाँ उठाएको थियो ।






प्रतिक्रिया दिनुहोस्