Skip to content

मितेरी डेभलपमेन्ट बैंकको नाफा ३५ प्रतिशतले बढ्यो

nabil bank

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको नाफा ३५.४१ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा ३५.४१ प्रतिशतले बढेर ९ करोड २४ लाख रुपैयाँ पुगेको हो ।

गत आवको तेस्रो त्रैमासिकसम्मको अवधिमा बैंकको नाफा ६ करोड ८२ लाख रुपैयाँ रहेको थियो । चालू आवमा बैंकको खराब कर्जा घटेको र सञ्चालन नाफा बढेकोले खुद नाफामा टेवा पुगेको हो । गत आवमा बैंकको खराब कर्जा २.६३ प्रतिशत रहेकोमा चालू आवमा घटेर ०.७८ प्रतिशतमा झरेको छ । यता बैंकको सञ्चालन नाफा गत आवमा ९ करोड ७५ लाख रूपैयाँ रहेकोमा चालू आवमा बढेर १३ करोड रूपैयाँ नाघेको छ । चालू आवमा बैंकको खुद ब्याज आम्दानी भने ३१ प्रतिशतले घटेर १३ करोड २६ लाख रूपैयाँमा झरे तापनि कुल सञ्चालन आम्दानी ७ प्रतिशतले वृद्धि भएर २२ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी १ अर्ब २१ करोड रूपैयाँभन्दा बढी रहेको यो बैंकको रिटेन्ड अर्निङमा १० करोड ८३ लाख रूपैयाँ र रिजर्भमा ३५ करोड ४२ लाख रूपैयाँ र वितरणयोग्य नाफा १० करोड ८३ लाख रूपैयाा रहेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिसेयर आम्दानी ८ रूपैयाँ ७९ पैसा रहेकोमा चालू आवमा बढेर १० रूपैयाँ १३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३८ रूपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime