Skip to content

९ महिनामा झापा जिल्लाको पुँजीगत खर्च ३७. ५ प्रतिशत मात्र

भद्रपुर । जिल्लाको चालु आर्थिक वर्ष को ९ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । ‘चालुतर्फ विनियोजित १६ अर्ब १४ करोड ६८ लाख रुपैयाँमध्य ११ अर्ब १९ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ’, उनले भने ।

समग्रमा जिल्लाको १५ अर्ब २१ करोड २५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima