काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्स परिसूचक ० दशमलव ६३ अंकले घटेर २६८७ दशमलव ६८ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १६ अंकले घटेर २५१ दशमलव ७३ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ३८ कम्पनीका ६ हजार ४०२ कित्ता सेयर ५३ पटक खरिद बिक्री हुँदा ४२ लाख ५ हजार ४९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्