Skip to content

देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्ति हुन्छ : सरकारका प्रवक्ता गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेशबाट फर्किएपछि गभर्नर नियुक्त हुने बताएका छन् । आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले गभर्नर नियुक्तिबारे सरकारको ध्यानाकर्षण भइसकेको उल्लेख गर्दै देउवा स्वदेश फर्किएपछि प्रक्रिया टुंग्याइने स्पष्ट पारे । कांग्रेस सभापति देउवा परिवारसहित गत आइतबार थाइल्याण्डको राजधानी बैंकक गएका छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्