Skip to content

सेयर बजार उच्च अंकले घटेको दिन धेरै मूल्य घट्ने शीर्ष पाँचमा ३ हाइड्रो र २ विकास बैंक

काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेर कारोबार हुँदा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा तीन हाइड्रो पावर र दुई विकास बैंक छन् । आजको कारोबार बन्द हुँदा मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र सुपर मादी हाइड्रो पावर तथा कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका सेयर धनीले सबै भन्दा धेरै गुमाएका हुन् ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य २२४ रुपैयाँ ०७ पैसाले घटेर २ हजार २४७ रुपैयाँ ८३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.०६ प्रतिशतले धेरै हो। त्यस्तै आज जितुमाया सुरीको सेयर मूल्य ५.७४ प्रतिशत अर्थात् ४४ रुपैयाँ ९७ पैसाले घटेर ७३८ रुपैयाँ ८२ पैसा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै आज सानिमा माइको सेयर मूल्य २५ रुपैयाँ ५१ पैसाले घटेर ५१० रुपैयाँ ९४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.७६ प्रतिशतले कम हो । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि ४.४३ प्रतिशत अर्थात् ४८ रुपैयाँ ३४ पैसाले घटेर १ हजार ४१ रुपैयाँ ६३ पैसा पुगेको छ । आज सुपर मादीको सेयर मूल्य पनि ४.३६ प्रतिशत अर्थात् ४५ रुपैयाँ ९० पैसाले घटेर १ हजार ७ रुपैयाँ २१ पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्