काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगाामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्