Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा सकारात्मक सर्किट लाग्ने यो दोस्रो कम्पनीमा हो । यस अघि क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

आजको कारोबार जारी रहँदा नेपाल माइक्रो लाइफको सेयर मूल्य ८६ रुपैयाँ १० पैसाले बढेर ९४७ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ४ दशमलव ०४ अंकले बढेर २६५९ दशमलव ९९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्