काठमाडौं । विद्युतीय सवारी दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आकर्षक अफरसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ ।
बजेटअघि पहिलो सार्वजनिक गरिएको यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरूले भरिएको दिपल ईभीलाई आकर्षक अफरहरूसहित खरिद गर्ने यो अनुपम समय हुने कम्पनीको दाबी छ ।
‘अनमिसेबल प्रि–बजेट अफर’ मा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र ग्राहकको पुरानो गाडीमा एक्सचेञ्ज बोनसको व्यवस्था गरिएको छ। साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बिमा पनि पाउनेछन्।
नेपालमा छोटो समयमै निकै रुचाइएको दिपल इभीको खरिद गर्ने सपनालाई सहज बनाउन एमएडब्लु वृद्धिले मात्र २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरको व्यवस्था पनि गरेको छ।
साथै, वैशाख १० गतेदेखि ४५ दिनका लागि चल्ने यो अफरमा ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्ज र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउनेछन्। बजारमा विद्युतीय सवारीसाधनमा कल बढ्ने हल्ला फैलिरहेको बेला दिपल इभीलाई आकर्षक अफरहरुसहित पुरानो मूल्यमा खरिद गर्ने यो नै अन्तिम मौका हुनसक्छ।
नेपालमा सार्वजनिक भएको मात्र एक वर्षमा ८ सयभन्दा बढी बिक्री रेकर्ड राखेर दिपल नेपालको नं १ लक्जरी इभी ब्रान्डका रुपमा आफूलाई स्थापित गरिसकेको छ। हाल नेपालमा दिपलको एस०७, एस०७ एल, एल०७ र ई०७ गरी चार प्राविधिक रुपमा उच्च कोटीको इभी मोडेल छन्।
यी इभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फर्स्ट ’ फिचरहरुको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभार्षित गरेको छ।
साथै, ग्राहकको सहजता तथा इभी इकोसिस्टमलाई मलजल गर्न एमएब्लू वृद्धिले हाल नेपालका १०० भन्दा बढी स्थानमा चार्जिंग स्टेसन संचालन गर्दै आएको छ जुन नेपालकै सबैभन्दा ठूलो चार्जिङ सञ्जाल हो।
प्रतिक्रिया दिनुहोस्