Skip to content

सात दिनभित्र दर्ता नभए मेटामा प्रतिबन्ध लगाउँछौं : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

काठमाडौंमा राष्ट्रिय सूचना आयोगले शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक–पटक सूचना जारी गरे पनि नमानेको बताए ।

Hyundai

तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै उनले अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए । मेटाले नेपालमा दर्ता भएर कर तिर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ ।

ूमेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा ।

नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ। हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ?,’ उनले भने । उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टकमात्रै दर्ता भएको पनि जानकारी गराए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्