Skip to content

पाकिस्तानको एयरस्पेस बन्द, के असर गर्छ अन्य वायुसेवा कम्पनीलाई ? 

एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध केही कडा कदम चालेको छ । यसको प्रतिक्रिया स्वरूप पाकिस्तानले पनि केही निर्णयहरू गरेको छ, जसमध्ये एक हो, भारतीय विमान कम्पनीहरूका लागि आफ्नो हवाई क्षेत्र (एयरस्पेस) बन्द गर्ने निर्णय ।
Hyundai
यसको अर्थ अब भारतीय विमानहरू पाकिस्तानको हवाई क्षेत्र हुँदै अन्य देशमा जान पाउने छैनन् । यो निर्णयअनुसार भारतीय समय अनुसार बिहीबार साँझ ६ बजेपछि कुनै पनि भारतीय विमानले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न पाउने छैन ।
पाकिस्तानको यो घोषणासँगै बिहीबार नै भारतीय विमान कम्पनीहरू सतर्क भएका थिए । त्यसबेला आकाशमा रहेका केही विमानहरू पाकिस्तानको हवाई क्षेत्रबाट उडिरहेका थिए, जसलाई तुरुन्तै भारततर्फ डाइभर्ट गरिएको थियो ।
भारतको एक विमान कम्पनीका वरिष्ठ अधिकारीले बताएका छन्, “जब पाकिस्तानले यो घोषणा ग¥यो, हाम्रो पहिलो प्राथमिकता हवाईमा रहेका विमानहरूलाई सुरक्षित रूपमा भारत फर्काउने थियो । त्यसपछि मात्रै आगामी रणनीतिमा काम गरियो ।”
यो पहिलो पटक भने होइन । सन् २०१९ मा भारतले बालाकोटमा एयरस्ट्राइकको दाबी गरेपछि पनि पाकिस्तानले भारतीय एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो, जुन २७ फेब्रुअरीदेखि १६ जुलाईसम्म चल्यो । त्यसबेला पनि भारतीय विमानहरूले वैकल्पिक रुट प्रयोग गर्नुपरेको थियो ।
पाकिस्तानी एयरस्पेस बन्द हुँदा सबैभन्दा धेरै असर दिल्लीबाट उड्ने विमानहरूमा पर्छ । अमृतसर, लखनऊजस्ता उत्तर भारतका केही विमानस्थलहरू पनि प्रभावित हुनेछन् । दिल्लीबाट मध्य एशिया, पश्चिम एशिया, युरोप, बेलायत र उत्तर अमेरिकातर्फ जाने विमानहरूले अब नयाँ रुट अपनाउनुपर्नेछ ।
एयर इन्डियाका पूर्वकार्यकारी निर्देशक तथा एभिएसन विशेषज्ञ जीतेंद्र भार्गवका अनुसार मुंबईबाट युरोप वा अमेरिका जाने विमानहरूमा खासै असर नपर्ला, तर दिल्लीबाट जाने विमानहरूलाई अब अहमदाबाद हुँदै डिटुर लिनुपर्ने हुन्छ । यसको सीधा असर उडान समय बढ्नु र इन्धनको खर्च वृद्धि हुनु हो । यसले गर्दा विमान कम्पनीहरूले टिकटको मूल्य बढाउने सम्भावना पनि बढ्छ ।
सन् २०१९ मा यस्तै अवस्थाले भारतीय विमान कम्पनीहरूलाई ५०० करोड रुपैयाँभन्दा बढी नोक्सान भएको थियो । तर केवल भारत मात्र नभई पाकिस्तानलाई पनि घाटा भएको थियो। बीबीसी उर्दू अनुसार, त्यसबेला पाकिस्तानले करिब ५ करोड डलरको ओभरफ्लाइट फी गुमाएको थियो ।
पाकिस्तानले यो प्रतिबन्ध केवल भारतीय कम्पनीहरूमा लागू गरेको छ । यसले गर्दा विदेशी एयरलाइन्सहरूले दिल्ली, लखनऊ वा अमृतसरबाट पाकिस्तानी हवाई मार्ग प्रयोग गर्न पाउनेछन् । यसकारण उनीहरूको लागत बढ्ने छैन र उनीहरू प्रतिस्पर्धात्मक रूपमा सस्ता टिकट दिन सक्षम हुनेछन् । त्यसैले, पाकिस्तानको यो निर्णयले सुरुमै भारतीय कम्पनीहरूको लागत बढाउनेछ र त्यसको असर अन्ततः यात्रुहरूको टिकट मूल्यमा पर्नेछ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्