Skip to content

साताको सेयर : सातामा करिब साढे २ प्रतिशतले घट्यो नेप्से

काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७२२.७३ विन्दुमा बन्द भएको नेप्से, यस साता २.३८ प्रतिशत अर्थात् ६४.७१ अंक घटेर २६५८.०२ विन्दुमा झरेको छ।

यो साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ४ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो। यो साता सेन्सेटिभ इण्डेक्स १०.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६९ अंक घटेको छ।

Hyundai

यो साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औसतमा ८ अर्ब २२ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा ८ अर्ब २० करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यो साताको दैनिक औषत कारोबार रकम ०.३० प्रतिशत घटेको हो। यस साता दैनिक औसत सेयर संख्या ९.६० प्रतिशत बढेको छ भने दैनिक औसत कारोबार संख्या ३.१५ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब २६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ६ अर्ब रुपैयाँ घटेर ४४ खर्ब १९ अर्ब रुपैयाँमा सीमित भएको छ।

यो साता १३ वटा उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। गत साता ७०९३.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १११.७० अंक बढेर ७२०४.९० विन्दुमा पुगेको छ। त्यस्तै, यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२६ प्रतिशत बढको छ।

विकास बैंक उपसमूहको परिसूचक यो दिन सर्वाधिक ४.७६ प्रतिशत घटेको छ। गत साता ५६७७.३२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २७०.०३ अंक घटेर ५४०७.२९ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २७६.११ अंक घटेको छ।

यो साता नेप्सेमा एनएमबि हाइब्रिड फण्ड एल २ को १३ करोड ६४ लाख ८४ हजार इकाई र एभरेष्ट बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ।
यो साता नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६१ प्रतिशत बढेको छ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्