काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । आज चाँदी एक हजार ९ सय ९० मा खरिदबिक्री भइरहेको छ ।
गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार रुपैयाँ मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्