Skip to content

विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा समग्र सेयर बजार बढेर कारोबार भइरहँदा पनि यो कम्पनीमा भने नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्इ ३०५ रुपैयाँ ७१ पैसाले घटेर २ हजार ७५२ रुपैयाँ १० पैसा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।

Hyundai

यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने १९ दशमलव ९२ विन्दुले बढेर २६७७ दशमलव ९५ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ४६ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्