काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा पहिलो एक घण्टाको कारोबारमा ३ अर्ब माथिको कारोबार भएको छ । आजको सेयर कारोबार जारी रहँँदा पहिलो एक घण्टामा सेयर बजारमा ३ अर्ब २८ करोड ५५ लाख ५२ हजार ५७४ रुपैयाँको कारोबार भएको हो ।
एक घण्टाको अवधिमा सेयर बजार परिसूचक पनि १६ दशमलव ३२ अंकले बढेर २६७४ दशमलव ३५ विन्दुमा पुगेको छ । एक घण्टाको अवधिमा सेयर बजारमा ८९ लाख २ हजार २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । यो अवधिको कारोबार जारी रहँदा १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको सेयर मूल्य घटेको छ ।
यो अवधिमा सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्