Skip to content

शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, एक जना पक्राउ

काठमाडौं । नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार झडप भएको छ । शिक्षकले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गर्‍यो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले त्यसक्रममा एक शिक्षकलाई नियन्त्रणमा लिइएको बताए ।

Hyundai

‘एक जनालाई नियन्त्रणमा लिएका छौं । उनले आफू शिक्षक भएको बताएका छन्, बुझ्दै छौं,’ उनले भने । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका प्रदर्शनकारीलाई तितरवितर पार्न सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । झडपका क्रममा कोही घाइते नभएको उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्