काडमाडौं । आइतबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३ दशमलव ५८ अंकले बढेर २६६१ दशमलव ६० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८१ अंकले बढेर ४२९ दशमलव ०८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ परिसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ८७ करोड माथिको कारोबार भएको बजारमा आज १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा ३१४ कम्पनीका २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर ८९ हजार १६१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्