Skip to content

स्क्रिनहरू, ड्रोनहरू, मसाजहरू : सांघाईमा कारहरूको भविष्य प्रदर्शन

A man checks a car of Gac Group displayed during the 21st Shanghai International Automobile Industry Exhibition at the National Exhibition and Convention Center in Shanghai on April 27, 2025. (Photo by HECTOR RETAMAL / AFP)

सांघाई  । यस हप्ताको विशाल अटो साङ्घाई उद्योग प्रदर्शनीमा कुराकानी शक्तिशाली इन्जिनहरू भन्दा अत्याधुनिक प्रविधि र यात्रु आरामका बारेमा बढी थियो।

सयौं कार निर्माता र उपकरण आपूर्तिकर्ताहरूले बुधबारदेखि प्रदर्शनी स्थललाई भरिपूर्ण बनाएका छन्, स्क्रिनहरू, मसाज सिटहरू र अन्य थप सुविधाहरू समेटिएका मोडेलहरू प्रदर्शनमा राखेका छन्– उड्ने ट्याक्सीहरूको त कुरै नगरौँ ।

Hyundai

स्क्रिनहरू जताततै

कडा प्रतिस्पर्धाको सामना गर्दै चिनियाँ कार निर्माताहरूले हाइपरकनेक्टेड उपभोक्ताहरूलाई ६५ इन्च सम्मका स्क्रिनहरू प्रत्येक यात्रीको अगाडि, ढोकाहरूमा, सन भाइजरहरूमा वा कारको बोनेटमा समेत जडान गरेर आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।

यसैबीच इलेक्ट्रोनिक्स दिग्गजहरू हुवावे र शाओमीले पहिले नै आफ्ना मोबाइल फोनहरूलाई आफ्ना कारहरूमा सजिलै जडान गरेर युवा ग्राहकहरूलाई लक्षित गरिरहेका छन् ।

युरोपेली अटोमेकरहरूले आफ्ना चिनियाँ प्रतिद्वन्द्वीहरूको प्रतिकार गर्ने प्रयास गरिरहेका छन् । फोक्सवागनको चीन–केन्द्रित ब्रान्ड अडी (एयुडिआई) ले पूरै ड्यासबोर्ड ओगट्ने स्क्रिन प्रस्ताव गरेको छ ।

स्थिर हुँदा स्क्रिनहरू भिडियो हेर्न वा कराओके गाउनका लागि प्रयोग गर्न सकिन्छ । साथै सडकमा उन्नत ड्राइभिङ सिस्टमहरूले प्रयोगकर्ताहरूलाई आपत्कालीन अवस्थामा बाहेक स्टियरिङ ह्विल छुनुपर्ने आवश्यकता बिना नै ए देखि बी सम्म पुग्ने प्रतिज्ञा गर्दछन् ।

‘इन्टेलिजेन्ट ड्राइभिङको प्रसारसँगै कारहरू अब यातायातका साधन मात्र नभएर साँच्चै नै ‘दोस्रो बस्ने ठाउँ’ बन्नेछन्’, परामर्श फर्म म्याकिन्सेले चिनियाँ अटो उपभोक्ता स्वादहरूको २०२५ प्रतिवेदनमा भनेको छ ।

मसाज सिटहरू

युरोपेली कार निर्माताहरूका अनुसार चिनियाँ उपभोक्ताहरूले अन्य बजारहरूको तुलनामा आन्तरिक सुविधामा बढी महत्त्व दिन्छन् ।

अटो साङ्घाईमा आगन्तुकहरू क्रोम रेडिएटर ग्रिलहरू र पछाडिका सिटहरू भएको विलासी मिनीभ्यानहरूमा बस्न लामबद्ध थिए ।

भविष्यका कार्यकारीहरूलाई एल्युमिनियम सिटहरू, काठ र रेशम ट्रिम तथा भुइँबाट बाहिर फोल्ड हुने सिनेमा स्क्रिनका साथ लोभ्याउने आशामा मर्सिडिजले आफ्नो अर्को पुस्ताको विलासी इलेक्ट्रिक मिनिभ्यान, भिजन भीको प्रोटोटाइप अनावरण गर्‍यो ।

म्याकिन्सेका अनुसार फ्रिज, टेलिभिजन र रिक्लाइनिङ सिटहरू जस्ता जीवनशैली–उन्मुख विशेषताहरू चीनमा अत्यधिक खोजिन्छन् । जस्तै गुणस्तरीय सस्पेन्सन र पछाडिको–पाङ्ग्रा स्टियरिङ जसले ड्राइभिङ गर्दा आराम बढाउँछन् ।

‘सवारी साधनको मूल्य बढ्दै जाँदा उपभोक्ताहरूले पनि यी सुविधाहरूको माग गर्छन्, साथै तिनीहरूलाई पाउन अतिरिक्त पैसा तिर्ने इच्छा पनि बढ्दै जान्छ’, परामर्शदाताले भन्यो । शुक्रबार चिनियाँ कार निर्माता निओले सस्पेन्सनको प्रभावकारिता प्रदर्शन गर्न आफ्ना सवारी साधनहरू भित्र यात्रुहरूलाई उफ्रिन लगाएको थियो ।

अन्य कम्पनीहरू परम्परागत प्रविधिहरूतर्फ फर्किरहेका छन् । फ्रान्सेली उपकरण निर्माता फोर्भियाले यस्तो सिट प्रस्ताव गरिरहेको छ जसले आफ्नो यात्रुलाई दबाउँछ, चिमोट्छ र छेड्छ ।

‘यो सिट परम्परागत चिनियाँ र थाई मसाजहरूबाट प्रेरित थियो’ कम्पनीको बुथमा इनोभेसन म्यानेजर जोङ लीले भने । यसलाई यस वर्ष एक चिनियाँ सवारी साधनमा जडान गरिने अपेक्षा गरिएको छ ।

ड्रोनहरू

अन्यत्र धेरै प्रोपेलर–सञ्चालित उड्ने ट्याक्सीहरू अन्य सवारी साधनहरूभन्दा माथि चुलिएका थिए । इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ ९एभिटिओएल–इभ्टोल० नामक यो प्रविधि अझै प्रोटोटाइप चरणमा छ तर अन्ततः एकै पटकमा धेरै व्यक्तिलाई ओसारपसार गर्ने लक्ष्य राख्छ ।

विश्वको अग्रणी ब्याट्री निर्माता क्याटलले चिनियाँ स्टार्टअप अटोफ्लाइटमा ‘करोडौं डलर’ को लगानीको घोषणा गरेर आफ्नो इभ्टोल अवधारणा प्रदर्शन गर्‍यो ।
चिनियाँ नेता सी जिनपिङलाई लिमोजिन आपूर्ति गर्नाका लागि प्रसिद्ध परम्परागत निर्माता होङ्कीले पनि यस वर्ष निर्धारित परीक्षणभन्दा दुई सय किलोमिटर (एक सय २४ माइल) को अप्रमाणित दायराको दाबी गर्दै दुई यात्रुका लागि ‘फ्लाइङ कार’ को अवधारणा प्रस्तुत गर्‍यो ।

हालैका वर्षहरूमा चीनले इभ्टोल प्रविधिमा प्रगति गरेको छ । इभ्टोल प्रविधिमा चीन अमेरिकी खेलाडीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धामा छ भने युरोपेलीहरूले आफ्नो छाप बनाउन सङ्घर्ष गरिरहेका छन् ।

अटोमोटिभ आपूर्तिकर्ता वानफेङले गत महिना दिवालिया जर्मन इभ्टोल निर्माता भोलोकप्टरलाई अधिग्रहण गर्ने घोषणा गर्‍यो । यसका विमानहरू मूल रूपमा २०२४ पेरिस ओलम्पिकको समयमा सानो मात्रामा सुरु गर्ने योजना बनाइएको थियो तर अझै प्रमाणीकरणको प्रतीक्षामा छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्