काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाप सेयर बिक्रीमा राखेको छ । कम्पनीले ६ हजार ९६९ कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित पोखरा–२६, विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्