काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको उक्त सेसनमा नेप्से ० दशमलव ५९ अंकले घटेर २६६१ दशमलव ०१ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ३४ अंकले बढेर ४४९ दशमलव ४२ विन्दुमा पुगेको छ । आज उक्त सेसनमा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ ।
उक्त सेसनमा सेयर बजारमा ४५ कम्पनीका ४३ हजार ८८६ कित्ता सेयर ८२ पटक खरिद बिक्री हुँदा २ करोड ९ लाख ७१ हजार ४८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्