Skip to content

सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव, समय सापेक्ष ग्राहकमैत्री सेवामा प्रतिबद्ध

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले १७ औं वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तिय अवस्था, विश्वसनीयता र हासिल गरेका सूचांकहरुको उन्नति र उत्कृष्टताको लागि आभार प्रकट गरे ।

Hyundai

कम्पनीले अवलम्वन गरेका नविनतम प्रबिधि, समय सापेक्ष ग्राहकमैत्री सेवाहरुप्रति प्रतिबद्ध रही आगामी दिनहरुमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ बृहत र अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गरे ।

उनले आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे । प्रमुख कार्यकारी अधिकृत खत्रीले कर्मचारीहरुको हकहित, सीप तथा व्यक्तित्व विकास नै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको र सूर्यज्योतिमा कर्मचारीहरुले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने बताए ।

कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाए । कम्पनीले चालु आर्थिक वर्ष २०८१र८२ अन्त्य सम्ममा हाल सम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रष्ट पारे ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले ग्राहकवर्ग, अविरल साथ दिने अभिकर्ताहरु, कर्मचारीहरु, निरन्तर विश्वास गरि हातेमालो गर्ने सेयरधनी, सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरु, व्यवसायिक साझेदारहरुलगायत सम्पूर्ण सरोकारवालाको साथ महत्वपूर्ण भएको बताए ।

कम्पनीले नविनतम प्रविधिमा जोड दिँदै तथा समय सापेक्ष उत्कृष्ट सेवा दँदै जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो अनलाइन मार्फत सजिलै लोन लिन सकिने सूर्यज्योति इ–कर्जा र बीमित तथा अभिकर्ताहरुको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा सुभारम्भ गरिसकेको जनाएको जनाएको छ ।

इन्स्योरेन्सको हाल चुक्ता पुँजी ५ अर्ब १ करोड, कुल लगानी ४४ अर्ब करोड, जीवन बीमा कोष ३९ अर्ब ४० करोड, नेटवर्थ ६ अर्ब ३० करोड, जारी बीमालेख संख्या ३२ लाख ७५ हजार ४७९, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार २४० रहेको छ ।

देशभर रहेका १७४ शाखा सञ्जाल द्वारा सेवा प्रदान गरी रहेको जनाएको छ । बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने पहिलो कम्पनी बनेको जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्