काठमाडौं । सोमबार पनि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेको यो कम्पनीमा आजको कारोबार खुल्न वित्तिकै सकारात्मक सर्किट लागेको हो ।
यो समाचार तयार पार्दासम्म यो कम्पनीको सेयर मूल्य १०४ रुपैयाँ २० पैसाले बढेर १ हजार १४६ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो ।
यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक २ दशमलव ४४ अंकले बढेर २६६४ दशमलव ०५ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ५२ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्