काठमाडौं । सोमबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा पनि दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रृस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नेपाल माइक्रो लाइफको सेयर मूल्य १०४ रुपैयाँ २० पैसाले बढेर १ हजार १४६ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ८६ रुपैयाँ १० पैसाले बढेर ९४८ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा मध्यभोटेकोशी जलविद्युत्त कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक र एनएमबी डिबेन्चर २०९० रहेका छन् । आज मध्यभोटेकोशीको सेयर मूल्य २६ रुपैयाँ ०७ पैसाले बढेर ३६८ रुपैयाँ १६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.६२ प्रतिशतले धेरै हो । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ६.९७ प्रतिशत अर्थात् ९१ रुपैयाँ ५६ पैसाले बढेर १ हजार ४०४ रुपैयाँ ३१ पैसा पुगेको छ । त्यस्तै आज एनएमबी डिबेन्चरको सेयर ६७ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९१ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्