Skip to content

सेयर बजार दोहोरो अंकले घटेको दिन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनी

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको दिन १६७ कम्पनीको सेयर मूल्य घटेको छ । आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, त्रिशुली जलविद्युत कम्पनी, मन्दाकीनि हाइड्रोपावर र स्वदगंगा हाइड्रोपावर रहेका छन् ।

आज सप्तकोशीको सेयर मूल्य ९७ रुपैयाँ ४३ पैसाले घटेर १ हजार ५५ रुपैयाँ ५९ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.४५ प्रतिशतले कम हो । त्यस्तै आज युनिभर्सल पावरको सेयर मूल्य १७ रुपैयाँ ९१ पैसाले घटेर ३५४ रुपैयाँ ८६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.८० प्रतिशतले धेरै हो ।

Hyundai

आज त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य २६ रुपैयाँ ३१ पैसाले घटेर ५२२ रुपैयाँ ९८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.७९ प्रतिशतले कम हो । त्यस्तै आज मन्दाकिनी हाइड्रोको सेयर मूल्य ४.३३ प्रतिशत अर्थात् २९ रुपैयाँ ०१ पैसाले घटेर ६४१ रुपैयाँ ३२ पैसा पुगेको छ । त्यस्तै स्वतगंगा हाइड्रोपावरको सेयर मूल्य २० रुपैयाँ ९४ पैसाले घटेर ४७२ रुपैयाँ १६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.२५ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्