काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित संसदीय उपसमितिका संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् ।
२०८१ असार १४ गते प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन गरी छानबिनका लागि दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन गर्ने बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो ।
उपसमिति सांसदहरू दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन् । प्रतिवेदनअनुसार विमानस्थल निर्माणका क्रममा १० अर्ब भ्रष्टाचार भएको छ । उपसमितिले पोखरा विमानस्थल बनाउन नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार गरेको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्