Skip to content

गार्डियन माइक्रो लाइफको वित्तीय विवरण सार्वजनिक : ३८०१ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको ९ महिनाको अवधिको वित्तीय विवरण अनुसार गत आवको भन्दा ३८०१.७१ प्रतिशतले नाफा बढेको हो ।

चालु अर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा कम्पनीले कुला २ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ३८०१.७१ प्रतिशतले धेरै हो । कम्पनीले गत वर्षको सोही अवधिसम्ममा जम्मा ७ लाख रुपैयाँ नाफा गरेको थियो ।

Hyundai

चालु आवको ९ महिनाको अवधिमा कम्पनीको कुल आम्दानी २५ करोड ५१ लाख रुपैयाँ बढी पुगेको छ । यसै अवधिमा कम्पनीको सञ्चालन खर्च पनि ५ करोड ३५ लाख रुपैयाँबाट बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ । बीमाकोष पनि बढेर १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २९ लाख रुपैयाँ र जगेडा कोषमा करीब २ करोड रुपैयाँ सञ्चिति रहेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत वर्ष कम्पनीको ईपीएस १८ पैसा मात्रै रहेकोमा यस वर्ष बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ९३ पैसा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्