काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्ममा ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वज्निक गरेको चालु आवको तेस्रो त्रैमासिकसम्मको अवधिसम्ममा उक्त रकम बराबरको नाफा कमाएको हो ।
गत वर्ष सोही अवधिसम्म कम्पनले २५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ३० रुपैयाँ ८४ पैसा कायम भएको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी करीब ९८ करोड रुपैयाँबाट बढेर करीब १५ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३७ करोड ४१ लाख रुपैयाँबाट बढेर ६३ करोड १६ लाख रुपैयाँ पुगेको छ । १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड १६ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ ।
समीक्षा अवधिमा खराब कर्जा ८.२५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) करीब ३८ करोड रुपैयाँबाट घटेर ३६ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ ।
प्रतिक्रिया दिनुहोस्