काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा धनात्मक बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको ९ महिनाको अवधिमा नाफा ६८ लाख २८ हजार रुपैयाँले धनात्मक बनेको हो ।
गत आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ७६ लाख ६६ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । नाफा सँगै गत आवको ९ महिनामा २२ रुपैयाँ १३ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी (ईपीएस) पनि धनात्मक बनेको छ । यो अवधिमा कम्पनीको ईपीएस १९ रुपैयाँ ७१ पैसाले धनात्मक बनेको छ ।
गत आवको ९ महिनामा कम्पनीको सञ्चालन नाफा पनि ऋणात्मक रहेकोमा चालु आवमा घटेर साढे ९७ लाख रुपैयाँ धनात्मक भएको छ । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ४३ लाख ३३ हजार रुपैयाँ मात्रै रहेकोमा चालु आवमा उल्लेख्य बढेर २ करोड ७६ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा साढे ५९ करोड बढी र रिजर्भमा २ करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीको निष्क्रिय कर्जा ७.१५ प्रतिशत पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा घटेर १३ लाख रुपैयाँमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्