काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.२७ अनुपातमा प्रति कित्ता सय रुपैयाँका दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
वैशाख ३० गतेदेखि निष्कासन हुने हकप्रदका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ । वैशाख ४ गतेसम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन पानेछन् ।
यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । हकप्रद सेयरमा सी आश्वा रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्कासन पछि ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्