काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले वैशाख १७ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । तदर्थ आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले वैशाख २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्