काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले ३ करोड ९२ लाख ६५ हजार नाफा कमाएको छ ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.६७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ५० लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी १० करोड ४४ हजार रुपैयाँ रहेको छ। यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५७.२४ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा २३ करोड ३९ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको वित्तीय खर्च १६.०१ प्रतिशतले घटेर ३ करोड १ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३ करोड ५९ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
१ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २८ करोड ६२ लाख ५५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १.८५ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७८.३३ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्