काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्