Skip to content

प्रि ओपन सेसनमा सामान्य बढ्यो नेप्से

काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको उक्त सेसनमा नेप्से परिसूचक १ दशमलव ९१ अंकले बढेर २६४८ दशमलव ९८ विन्दुमा पुगेको हो ।

त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६२ अंकले बढेर ४४६ दशमलव ११ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ४३ कम्पनीका ५ हजार ५३५ कित्ता सेयर ८१ लाख ८१ हजार १९१ रुपैयाँको कारोबार भएको छ ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्