काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सकिृट लागेको छ । अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको यो कम्पनीमा आज पनि सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ९४ रुपैयाँ ८० पैसाले बढेर १ हजार ४२ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ४ दशमलव ०४ अंकले बढेर २६५१ दशमलव ११ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ४० करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्