Skip to content

नेप्से परिसूचक १५ अंकले घट्यो, कारोबार रकम साढे ७ अर्बमा सीमित

काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । अघिल्लो दिन पनि घटेको बजार आज १५ दशमलव ०८ अंकले घटेर कारोबार बन्द भएको हो । आजकाे काराेबार बन्द हुँदा नेप्से परिसूचक २६३१ दशमलव ९८ विन्दुमा पुगेकाे छ ।

आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९३ अंकले घटेर ४४३ दशमलव ५४ विन्दुमा पुगेको छ । आज १३ उपसुचकमध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने १ वटाको मात्रै बढेको छ । आज १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको सेयर मूल्य बढेको छ । आज परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ ।

Hyundai

अघिल्लो दिन ८ अर्ब ९१ करोडमाथिको कारोबार भएको बजारमा आज ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर ६६ हजार २६५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्