काठमाडौं । मंगलबार सेयर बजार परिसूचक घटेर कारोबार हुँदा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । १८८ कम्पनीमध्ये आज सबैभन्दा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा तीनवटा हाइड्रोपाव र दुईवटा विकास बैंक छन् ।
आजको कारोबार बन्द हुँदा मध्यभोटेकोशी जलविद्युत कम्पनी, ग्रिन लाइफ हाइड्रो पावर र हिमालयन हाइड्रोपावर तथा ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज मध्येभोटेकोशीको सेयर मूल्य ३६ रुपैयाँ ३८ पैसाले घटेर ३३१ रुपैयाँ ७८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.८८ प्रतिशतले कम हो ।
त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १०८ रुपैयाँ ९८ पैसाले घटेर १ हजार २९५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.७६ प्रतिशतले कम हो । आज सिन्धु विकास बैंकको सेयर मूल्य ६.६३ प्रतिशत अर्थात् ६८ रुपैयाँ ९० पैसाले घटेर ९७० रुपैयाँ ३७ पैसा पुगेको छ ।
आज ग्रिन लाइफ हाइड्रोको सेयर मूल्य आज १२ रुपैयाँ ९० पैसाले घटेर २६८ रुपैयाँ १४ पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.५९ प्रतिशतले कम हो । आज हिमालयन हाइड्रोको सेयर मूल्य १७ रुपैयाँ ६५ पैसाले घटेर ४१७ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.०६ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्