Skip to content

अर्थतन्त्रका सबै क्षेत्रमा सुधार आउने, बीमा क्षेत्रकाे वृद्धि ६.२९ प्रतिशत, अन्यकाे कति ?

काठमाडौं । देशको अर्थतन्त्रका १८ वटै क्षेत्रमा सुधार आउने भएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार सबै क्षेत्रमा सुधार आउने छ । त्यसमा पनि सबैभन्दा बढी विद्युत तथा ग्यास क्षेत्रमा सुधार हुनेछ ।

कार्यालयका अनुसार विद्युत तथा ग्यास उद्योग १३.८२ प्रतिशत, यातायात तथा भण्डारणमा ९.४५ प्रतिशत, बीमा सेवामा ६.२९ प्रतिशतको वृद्धि भएको छ । यसअघि ऋणात्मक रहेका उद्योग तथा निर्माण क्षेत्रमा पनि सुधार हुने देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आवास तथा भोजन सेवा ५ प्रतिशत, सूचना तथा संचार ४.८१ प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप ४.७७ प्रतिशत, पेशागत वैज्ञानिक तथा प्राविधिक कृयाकलाप ३.९८ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवा ३.९७ प्रतिशत, अन्य सेवा ३.९२ प्रतिशत, उद्योग ३.७८ प्रतिशत, थोक तथा खुद्रा ब्यापार गाडी तथा मोटरसाइकल मर्मत सेवा ३.३ प्रतिशत, कृषि वन तथा मत्स्य ३.२८ प्रतिशत रहेको छ ।

यस्तै घर जग्गा कारोबार सेवा २.७२ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा अनिवार्य सामाजिक सुरक्षा २.२४ प्रतिशत, निर्माण २.२१ प्रतिशत, पानी आपुर्ति, ढल, फोहोर व्यवस्थापन २.०९ प्रतिशत, खानी तथा उत्खनन् १.९९ प्रतिशत र शिक्षा क्षेत्रको सुधार १.९८ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima